नेकपा एमालेको बागलुङका ६ पालिका आज अधिवेशन

नेतृत्वमा आंकाक्षी धेरै, सर्वसम्मतको पक्षमा जिल्ला नेतृत्व

आदर्श अनलाइन,बागलुङ

नेपाली कांग्रेसको महाधिवेशन सरगर्मीले तातेका गाउँ शहर फेरि नेकपा एमालेको वडा र पालिका अधिवेशनले तातेको छ ।

मंगलबारदेखि शुरु हुन लागेको पालिका अधिवेशनमा आकांक्षीहरु आफ्नो पक्षमा नेतृत्व लिने तीब्र कसरतमा छन् । विभाजन पछि नेकपा एमाले गुट मुक्त भएको अर्थात् एकढिक्का भएको सन्देश दिनका लागि सके सम्म सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गरिने एमालेले जनाएको छ ।

बागलुङका १० पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आन्तरिक तयारी भइरहेको एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । “पार्टी एकढिक्का भएको सन्देश दिनु छ, सकेसम्म चुनाव गराउने गरी लाग्नु हुँदैन” सापकोटाले भन्नुभयो “आज ६ पालिकामा अधिवेशन गराउने तयारीमा छौं, अहिले चुनावै भइ हालेमा प्यानल अनुसारको समेत चुनाव हुँदैन ।”
सापकोटाका अनुसार जैमिनीमा कात्तिक ११ गते, निसीखोलामा कात्तिक १३ गते तय गरिएको छ भने तमानखोला र बरेङको अधिवेशन मिति तोकिएको छैन । नेतृत्वका लागि वडा तहमा महिला नेतृत्व शुन्य देखिएको छ । ३३ प्रतिशत महिला अनिवार्य भनिए पनि पदाधिकारीमा नेतृत्व अत्यन्तै कम उपस्थिति छ । पालिका अधिवेशनको सम्मुखमा नगर र गाउँपालिकाको नेतृत्वका लागि आँकाक्षीहरुले उम्मेदवारी सार्वजनिक गर्न थालेका छन् ।

बागलुङ नगरपालिकाको नेतृत्वका लागि आधा दर्जन आंकाक्षी देखिएका छन् । वर्तमान नगर अध्यक्ष धनबहादुर परियार, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा बागलुङ जिल्लाकाका पूर्व प्रचार विभाग प्रमुख रामृकष्ण शर्मा, जिल्ला सचिवालय सदस्य तथा बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धुव्र केसी, जिल्ला सचिवालय सदस्य तथा बानपा ९ का अध्यक्ष गणेश थापा, बानपा–६ का वडा अध्यक्ष खिमराज सापकोटा, नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य राम बहादुर जिसी, युवा संघका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लोकेन्द्र केसी लगायतको नाम चर्चामा छ ।
वर्तमान नगर अध्यक्ष धनबहादुर परियारले अब अधिवेशनबाटै नेतृत्व लिएर पालिकाको पार्टीलाई थप सुदृढ र मजबुत बनाउन चाहेको बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा बागलुङ जिल्लाका पूर्व प्रचार विभाग प्रमुख रामकृष्ण शर्माले बागलुङ नगरमा पार्टीलाई समय सापेक्ष थप गतिशील र संगठित बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
अर्का आंकाक्षी गणेश थापाले पार्टीलाई पुनः नगरपालिकामा सशक्त बनाएर आगामी निर्वाचनमा अहिलेकै जस्तो नेतृत्व स्थापित गर्न आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।
रामबहादुर जिसीले आफूले पार्टीको नेतृत्वमा बसेर पार्टीलाई अगाडि बढाउन चाहेको बताउनुभयो ।
खिमराज सापकोटाले आफ्नो नगर अध्यक्षको बलियो दाबेदारी रहेको बताउनुभयो ।
ध्रुव्र केसीले आफू नगर र जिल्लाको राजनीतिमा लामो समयदेखि क्रियाशील रहेकाले नगर अध्यक्षमा आफ्नो बलियो दाबेदारी रहेको बताउनुभयो ।

आधा दर्जन बढी आंकाक्षी भए पनि बागलुङ नगरपालिकामा समेत सर्वसम्मत रुपमा नेतृत्वको चयनका लागि पहल भइरहेको जिल्ला अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिकाको नेतृत्वका लागि नेकपा एमाले काठेखोला गाउँपालिका अध्यक्ष डिल बहादुर कार्की र खिमबहादुर कार्की आंकाक्षी हुनुहुन्छ । कार्कीले आफुले पुनः एक कार्यकाल नेतृत्व दोहोराउन चाहेको बताउनुभयो । खिम कार्कीले पनि पार्टीमा लामो समयदेखि समर्पित भएकाले पालिकाको पार्टी नेतृत्व लिन उम्मेदवारी दिने बताउनुभयो ।

जैमिनी नगरपालिकामा वर्तमान पालिका संयोजक सावित्रा राना र बद्री ढुङ्गानाको चर्चा छ । बडिगाड गाउँपालिकामा दर्जन नेताहरुको आकाँक्षा छ । वर्तमान अध्यक्ष गुणनिधी घिमिरे, ढालेन्द्र शेरचन, कमल आचार्य, बसन्त थापा लगायत एक दजर्न बढीको चर्चा छ ।

बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा पनि केही दिनमा पालिका अधिवेशन गरिने एमालेले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *