बडिगाड एमालेमा दर्जन बढीको आकांक्षा, सर्वसम्मती टुङ्याउने प्रयास

कमल पौडेल, बडिगाड
नेकपा एमाले बडिगाड गाउँपालिका कमिटिको प्रथम अधिवेशन ग्वालीचौरमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रदेश कमिटि सदस्य सुनिल शेरचनले देशको समृद्धिको लागि नेकपा एमालेको आवश्यकता रहेको भन्दै देश भरबाट एकताबद्ध हुँदै एमालेमा गोलबन्द हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य प्रेम खरेल, जिल्ला कमिटि सचिव विष्णु प्रसाद भुसाल, जिल्ला कमिटि सचिवालय सदस्य मेहरसिंह पाइजा, जिल्ला कमिटि सदस्य बिना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले बडिगाड गाउँपालिका कमिटिका संयोजक गुणानिधि घिमिरेको अध्यक्षता, उपसंयोजक बसन्त थापाको स्वागत मन्तव्य तथा सचिव दिनेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा २०४९ र २०५४ सालमा निर्वाचित जनप्रतिनिधि, पार्टीका संस्थापक सदस्यहरु लगाएतलाई सम्मान गरेको थियो । एमालेको बडिगाड गाउँपालिका स्तरीय कमिटि गठनको लागि बन्द सत्र सुरु भएको छ । दर्जन बढि नेतृत्वका आकांक्ष्ीा भए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने एमाले बडिगाडले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *