आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
होटलमा यौन शोषण गराएको आरोपमा पोखरा -१७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी १ का २६ वर्षीय ऋषि भट्ट पक्राउ परेको कास्की प्रहरी प्रवक्ता , डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार उनीहरूले महिलाहरूलाई काम लगाइदिने बहानामा पोखरा – ०६ लेकसाइडस्थित होटल ड्रिमल्याण्ड होटलमा लगी डर तथा धाक धम्की देखाएर यौन शोषण गराउँदै आएका थिए ।
आइतबार पक्राउ परेका उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।