बानपामा सर्वसम्मत नेतृत्वको प्रयास

अदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको नगर अधिवेशन शुरु भएको छ । अधिवेशनको अहिले बन्द सत्र शुरु भएको छ । सदरमुकाम स्थित बागलुङ नगरपालिकाको अधिवेसन उद्घाटन सत्रमा केन्द्रीय सदस्य गोबिन्द नेपालीले नेकपा एक ढिक्का रहेको सन्देश दिन नेतृत्व सक्षम रहने बताउनुभयो ।

यस्तै एमाले जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य मन कुमारी केसीले फेरीपनी एमाले पहिलो शक्ती हुँने बताउनुभयो । कार्यक्रम नगर अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, सचिव रामबहादुर जिसीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नगर प्रमुख जनकराज पौडेल, उपाध्यक्ष कृष्ण पाठक, बाबुलाल शाक्य, कृष्ण केसी लगायतले मन्तव्य राखेका थिए ।

अहिले सर्वसम्मतको प्रयास भइरहेको र सर्व सम्मत नभए भोली १२ बजेबाट मतदानको कार्यक्रम हुँने र्निाचन कमिटिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *