शंखधर सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुनः रतन प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १९ औं साधारणसभा तथा ७ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा सुरेशप्रसाद श्रेष्ठ, सचिवमा युक्तजंग राजभण्डारी, कोषाध्यक्षमा टुप्लाप्रसाद श्रेष्ठ, सह–सचिवमा आनन्द विकास श्रेष्ठ, सदस्यहरुमा काजीगाउँले श्रेष्ठ, मोहनलाल बज्राचार्य, रामप्रसाद श्रेष्ठ, चयनदेवी श्रेष्ठ, रेणुका राजभण्डारी, विन्दुसागर राजभण्डारी, सुमनजंग राजभण्डारी, बद्रीकुमार श्रेष्ठ, तुल्सीनारायण भारी र विक्रम शाक्य चयन भएको निर्वाचन समिति संयोजक गोविन्द प्रसाद वझाले जानकारी दिनुभयो ।

साधारणसभाले निरज शाक्यको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यमा सुनिल श्रेष्ठ र अनुज श्रेष्ठ रहनुभएको छ । साधारणसभाको आइतबार गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभएको थियो ।

साधारण सभाको बन्द सत्रले संस्थाका अध्यक्ष रतन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम, सचिव युक्तजंग राजभण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को प्रगती प्रतिवेदन, कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७८÷७९ को प्रस्तावित आय व्याय र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुदिप राजभण्डारीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

५ सय ८ जना शेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७७÷७८ को अन्त सम्म १ करोड ९९ लाख ७४ हजार शेयर पुँजी, ७ करोड ८६ लाख ८२ हजार २ सय ६४ रुपैयाँ निक्षेप र ६ करोड ४९ लाख २ हजार ६ सय ३५ रुपैयाँ कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारीले यस वर्ष ७० वर्ष पुरा भएका ५२ जना शेयर शेयर सदस्यलाई सम्मान सहित चाडबाड खर्च स्वरुप प्रतिव्यक्ति १ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *