अष्टलक्ष्मी शाक्यकाे राजीनामा

आदर्श अनलाइन, काठमाडौँ
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत विभाजन अघि नै राजीनामा दिनुभएकाे छ ।

बागमती प्रदेश सभामा एमालेकाे एकल बहुमत नभएकाे अवस्थामा अन्य दलले समर्थन नगर्ने निश्चित भएपछि शाक्यले राजीनामा दिनुभएकाे हाे । एमाले सांसद अरुण नेपालले यसकाे पुष्टि गरेका छन् ।

मुख्यमन्त्री शाक्यले आज विश्वासकाे मत लिने कार्यक्रम छ । तर उनले मत विभाजन अघि प्रदेश सभालाई सम्बाेधन गरेर राजीनामा दिनुभएकाे हाे ।

उहाँकाे राजीनामा पछि वागमती प्रदेशकाे मुख्मन्त्री नेकपा एसका सांसद राजेन्द्र पाण्डे बन्ने सहमति दलहरुबीच भएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *