अब ५–११ वर्षका बालबालिकालाई पनि कोरोना खोप लगाइने

आदर्श अनलाइन, पोखरा
पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाको भ्याक्सिन दिने विषयमा अमेरिकी सरकारको एउटा प्यानलले फाइजरको पक्षमा आफ्नो अनुमति दिएको छ । अमेरिकी नियामक संस्था एफडीए (फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबारले फाइजर–बायोएनटेकको कोरोना खोप १२–१५ उमेर समूहका बालबालिकालाई लगाउन आपत्कालीन प्रयोगका लागि निर्णयको समर्थन गरेको छ ।

अब यसलाई सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनको मञ्जुरीको प्रतीक्षा छ । नोभेम्बर २ सम्म यसबारे निर्णय आइसक्ने बताइएको छ । यस्तो भएको खण्डमा त्यसको भोलिपल्टदेखि नै खोप अभियान सुरु हुनसक्ने आँकलन गरिएको छ । अमेरिकामा पहिला नै ५ देखि १२ वर्षका बालबालिकालाई खोप दिइँदैछ ।

सेप्टेम्बरमा कम्पनीले दिएको जानकारी अनुसार परीक्षणपश्चात् कोभिडको खोप बालबालिकाको त्यो वर्गका लागि पनि सुरक्षित छ । फाइजरले १२ वा सोभन्दा बढी उमेरका बालबालिकाको भ्याक्सिनका लागि पहिले नै अनुमति पाइसकेको छ ।

सोमबार मोडर्नाले उसको भ्याक्सिन बालबालिकामा कोरोनाबाट लड्ने एन्टीबडी विकसित गर्नमा सक्षम पाइएको र नियामक संस्थालाई आफ्नो ट्रायलको डाटा सुम्पिइने जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *