स्कुल बसबाट खसेर ८ वर्षीय बालकको मृत्यु

 आदर्श अनलाइन, पोखरा
पोखरामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेम्जा स्थित ज्ञानसागर एकेडेमी स्कुलमा युकेजीमा अध्यनरत ८ वर्षीय रोमन तामाङको सोही स्कुलको ना १ क २३७३ नं को बसको ढोकाबाट खसेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता , डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारको लागी पोखराको फिस्टेल हस्पिटल लगिएकोमा चेकजाँचका क्रममा चिकित्सकले  बालकलाई मृत घोषणा गरेको डिएसपी हमालले बताउनुभयो ।

प्रहरीले बसचालक धादिङ गंगाजमुना -६ घर भइ पोखरा -१ सिमपानी बस्दै आएका ४७ वर्षीय सानोकान्छा थापालाई पक्राउ गरी सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *