बेनीका सिसिटिभी बेकामे

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा नियमित मर्मत नहुँदा बेकामे भएका छन् । सरोकारवालाको बेवास्ता र विवादका कारण बिग्रिएर काम गर्न छाडेको डेढमहिना हुँदासम्म मर्मत भएको छैन् ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले सिसिटिभी क्यामेराले काम नगर्दा बजार क्षेत्रमा अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण र बजार ब्यवस्थापनमा समस्या भएको कुरा विभिन्न सार्वजनिक कार्यक्रममा उठाउँदै आएको जानकारि दिए ।

सवारी दुर्घटना, चोरी, बजार ब्यवस्थापन र निगरानी गर्न प्रहरीलाई सिसिटिभिले सहयोग गरेको थियो । पाँच वर्षअघि म्याग्दी उद्योग बाणिज्य संघको अगुवाइमा बेनीमा सिसिटिभी जडान भएको थियो । सिसिटिभी क्यामेराको सहायताले बजारको विभिन्न चोक र संवेदनशिल क्षेत्रमा भएका गतिविधिलाई निगरानी गरिएको थियो ।

बजारका १७ ठाउँमा राखिएको सिसिटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *