जेसीज सप्ताहको समापन


आदर्श अनलाइन, बागलुङ
बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम शुक्रवार समापन भएको छ । गत शनिवारदेखि शुरु भएको सप्ताहव्यापी अभियानमा विभिन्न रचनात्क कार्यक्रम सम्पन्न गरेर समापन भएको हो ।
शुक्रवार हामी हाम्रैलागि शिर्षकको वक्तृत्वकला प्रतियोगिता सहित सप्ताहव्यपाी रुपमा भएका कार्यक्रमकोहरुको पुरस्कार बितरण समेत गरी जेसीज सप्ताहको समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दे प्रमुख अतिथि गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटाले युवाहरुको चेतना स्तरमा वृद्धि भएको बताउनुभयो । उहाँले राम्रा र नराम्रा कुरा खुलेर भन्न सक्ने अहिलेका युवामा क्षमता भएको बताउनुभयो । युवालाई सामाजिक कुरीति बिरुद्ध लाग्न जेसिजले सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा आयोजित वक्तृत्वकला प्रतियोगितामा नमूना आबासिय माबिकी छात्रा पूर्णिमा खत्री उत्कृष्ठ घोषणा हुनुभएको थियो । यस्तै चिल्ड्रेन लाइफ बोडिङका छात्र श्रीराम लामिछाने सान्त्वना भएका थिए । उत्कृष्ठलाई ५ हजार र सान्त्वनालाई ३ हजार नगद पुरस्कार प्रदान गरेको जेसिजले जनाएको छ ।

साथै समापनको अबसरमा साताभर आयोजित विभिन्न क्रियाकलापका सहभागिलाई प्रमाणपत्र र मायाको चिनो बितरण गरिएको थियो । पहिलो दिन भएको पत्रकार र जेसीज बिचको मैत्रीपूर्ण फूटबल, दोश्रो दिनको स्लो बाइक रेस सहितका क्रियाकलापका सहाभागि र बिजयीलाइ प्रमाणपत्र दिइएको हो ।

साता व्यापी कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ताहरु, राजनीतिक दल, प्रहरी प्रशासन समेतले साथ दिएको भन्दै शाखा अध्यक्ष आनन्द रेग्मीले सबैलाई मायाको चिनो सहित धन्यवाद ज्ञापन गरिएको थियो । पूर्व अध्यक्ष तथा संस्थापक सचिव कृष्ण संकर श्रेष्ठ, म्याग्दी जेसिजको अध्यष विरेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । समापन कार्यक्रम जेसिज बागलुङका आनन्द प्रसाद रेग्मीको अध्यक्षता, उपाध्यक्ष साधना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *