मन्त्री थापाद्वारा थामनेटा भ्यूटावरको अवलोकन

–दिवस कँडेल, बागलुङ
गण्डकी प्रदेश सरकारका बन, बातावरण तथा भु–संरक्षण मन्त्री माननीय दिपक थापाद्वारा काठेखोलाको पर्यटकीय स्थल घोडाबाँधेको थामनेटा भ्यु टावरको स्थलगत अवलोकन गर्नुभएको छ ।

अवलोकनपछि स्थानीय सामुदायिक बन तथा पर्यटनको प्रर्बद्धनका लागि सक्रिय जनाएका बिहुँका समुदायहरुले आयोजना गरेको स्वागत तथा अन्तरक्रिर्या कार्यक्रममा मन्त्री थापाले ऐतिहासिक बिहुँको रामकोट र थामानेटालाई पर्बद्धनमा गण्डकी प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा जौछरे सामुदायिक बनका अध्यक्ष दुर्गादत्त रिजाल, विशिष्ट अतिथि इन्द्रकुमारी थापा, बन डिभिजन कार्यालय,बाग्लुङका डिभिजन बन अधिकृत मुकुन्द प्रसाद अधिकारी, धौलागिरी पर्यटन प्रबर्द्धन समितीका अध्यक्ष खिमानन्द कडेल लगायत अन्य अथितिको उपस्थितिमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य जनएकता सामुदायिक बनका अध्यक्ष बम बहादुर श्रीसले राख्नु भएको थियो भने कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत मुकुन्द प्रसाद घिमिरेले भ्यु–टावरमा पर्यटनको लागि पुर्बाधार निर्माणका लागि बन कार्यालयले सक्दो सहयोग गर्ने बताउनु भएको थियो । उक्त कार्यक्रमको सन्चालन दुर्गा दत्त रिजालले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *