आदर्श सञ्चार सहकारीद्वारा रेशमा श्रद्धाञ्जली सभा


–आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य सागर जिसीको ममतामयी आमा तथा शेयर सदस्य निसा जिसीको सासुआमा मिना घर्ती क्षेत्रीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश काफलबोट स्थित निवासीमै पुगेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक शेयर सदस्य भूमिराज शर्मा, शेयर सदस्य दान बहादुर जिसी, ओम बहादुर जिसी र बिरेन्द्र जिसी, प्रेम बहादुर जिसी लगायतको उपस्थितीमा शेयर सदस्यको आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप १० हजार रुपैयाँ स्वर्गीय घर्ती क्षेत्रीकोे परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा स्थानीय समाजसेवी प्रेम बहादुर जिसीबाट घर्ती क्षेत्रीको १२ वर्षिया छोरीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले व्यक्तिगत रुपमा पाँच हजार १०० नगदसहयोग हस्तान्तरण गर्नुभएको थियो ।



आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरी क्षेत्रमा सञ्चारको संस्थागत विकास गर्ने लक्ष्यका साथ स्थापित यो क्षेत्रको पहिलो सूचना तथा सञ्चार सहकारी संस्था आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार डटकम अनलाइन सञ्चालन गर्नुका साथै वित्तीय क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *