काठेखोलामा पालिका स्तरीय बन अधिकार र नेतृत्व विकास तालिम


–आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा पालिका स्तरीय सामुदायिक सामुदायिक बन अधिकार, बन सुशासन, उद्यम विकास सम्बन्धी एक दिन नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समतिको आयोजनामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा सञ्चालित टिएफ परियोजना अन्तरगत नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
तालिमको सहजीकरण गर्दै टिएफ परियोजना रािष्ट्रय संयोजक डा. सिता अर्यालयले बन ऐन र बन उद्यम सम्बन्धी जानकारी दिनुभयो ।

टिएफ परियोजना अन्तरगत सामुदायिक वन उपभोक्ता महासंघका अनुगमन अधिकृत सुजन खनालले सुशासन मापन सम्बन्धी र लैङ्गिक समानता र सामाजिक समावेशीताको विषयमा गंगा विष्टले सहजीकरण गर्नुृभएको थियो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले बन ऐनमा आएको कुरालाई कार्यान्वयनमा पालिकाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, काठेखोला–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने तथा २ का वडा अध्यक्ष विद्यापती शर्माले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज थापाको अध्यक्षता तथा टिएफ परियोजना अन्तरगत काठेखोला गाउँपालिका परियोजना संयोजक नविन गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *