न्याय माग्दै रुकुमबाट बागलुङ

साधना पन्त, बागलुङ
छोरीलाई ज्वाईले हत्या गरेको भन्दै पश्चिम रुकुमबाट एक परिवार न्याय माग्दै बागलुङ आइपुगेको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ का २३ वर्षीय दिनेश बाबु रोकाले आफ्नी १९ वर्षीया छोरी जिरामाया कठायतलाई कर्तव्य गरि मारेको भन्दै आइतबार न्याय माग्न बागलुङ आएको मृतककी आमा धनकुमारी कठायतले बताउनुभयो ।

जिरामाया असोज १९ गते राती गलकोट नगरपालिका–६ स्थित डेरा गरि बस्ने घरको छतमा झुण्डीएको अवस्थामा मृत फेला परेकी थिइन् ।



रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ माइती भएकी जिरामाया र दिनेशले गत माघ माहिनामा भागी विवाह गरेका थिए । गलकोट नगरपालिकाको कार्यालयमा अमिन पदमा कार्यरत दिनेश सँग जिरामाया गलकोट नगरपालिका–६ स्थित नरबहादुर बस्नेतको घरमा डेरा गरि बस्दै आएकी थिइनु ।

प्रेम सम्बन्धमा रहेका दुवैले परिवारको सहमतीमा भागेर विवाह गरेको भएपनि विवाह गरेको केही समयमै ज्वाईले आफ्नी छोरीलाई शारिरीक र मानसिक यातना दिन थालेको आमा धनकुमारीले बताउनुभयो ।

मृतकका दाजु प्रज्वल कठायतले जिल्ला प्रहरी कार्यालय बागलुङमा असोज २२ गते कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गराई सक्नुभएको छ । प्रहरीले दिनेशलाई असोज २१ गते पक्राउ पुर्जी जारी गरि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सत्य तथ्य छानविन गरि पीडितलाई न्याय दिनको लागि अनुरोध गर्दै प्रहरीले घटनामा प्राप्त गरेको हालसम्मको प्रगती बुझनको लागि पीडित परिवार सँगै जिल्ला समन्वय समितिका उपप्रमुख, त्रिवेणी गाउँपालिकाका उपप्रमुख, मानवअधिकारकर्मी सहित आफुहरु बागलुङ आइपुगेको नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले बताउनुभयो ।

घटनाको अनुसन्धानमा प्रहरीले कहिलै कमजोरी नगर्ने अनुसन्धानमा संलग्न प्रहरी निरिक्षक विजय भण्डारीले बताउनुभयो । घटनास्थलको मुचुल्का संकलन, मृतकको शव उठाउने कार्य पनि माइती पक्षकै रोहवरमा गरिएको भन्दै प्रहरीको अनुसन्धानमा आशंका नगर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । ‘प्रहरीले कसैको आग्रह र पुर्वाग्रमा अनुसन्धान गर्दैन,’ प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो ‘सुवत, प्रमाण जुटाउने र वयान लिने काम सकिएको छ, अदालतमा प्रमाण बोल्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *