रोट्र¥याक्ट क्लव अफ गलकोट स्थापना

आदर्श अनलाइन, बागलुङ
गलकोटमा रोट्र¥याक्ट क्लव अफ गलकोट स्थापना गरेको छ । स्थापना कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले युवालाई सामाजिक काममा क्रियाशील गराउनका लागि रोट्र¥याक्ट क्लवले महत्वपूण भूमिका खेल्ने बताउनु भयो ।

गलकोटे युवाको लागि क्षमता विकास गर्न र समाजमा सकरात्मक काम गर्नका क्लव महत्वपूर्ण माध्यम भएको गैरेले बताउनुभयो । उहाँले आगामी दिनमा रोट्र¥याक्ट क्लव अफ गलकोटलाई यहाँमा स्थापित गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।

रोटरी क्लव अफ बागलुङका अध्यक्ष सञ्जय कुमार श्रेष्ठले गलकोटका युवाहरुको लागि सकरात्मक पक्ष भएको बताउनु भयो । उहाँले क्लवले बागलुङका युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्नका महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा रोट्र¥याक्ट क्लव अफ बागलुङका अध्यक्ष शिव बहादुर केसी, गलकोट क्याम्पसका प्रमुख कृष्ण प्रसाद गौतम, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, रोटरी क्लव अफ बागलुङका संस्थापक सदस्य लक्ष्मी जिसी कार्की, रोटरी क्लव अफ बागलुङका निर्वतमान अध्यक्ष दयाराम पौडेल र रोट्र¥याक्ट क्लव अफ बागलुङका निर्वतमान अध्यक्ष ताराप्रसाद शर्मा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष नितु खड्काले वर्तमान अध्क्षय अनिल श्रेष्ठलाई क्लवको कागजात हस्तान्तरण गरी सपथ खुवाउनु भएको थियो । कार्यक्रम रोट्र¥याक्ट क्लव अफ गलकोटका संस्थापक अध्यक्ष नितु खड्काको अध्यक्षता, उपाध्यक्ष बिनिता गलामीले स्वागत र सह–सचिव इश्वर गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *