जुवा खेलिरहेकाे अवस्थामा ६ जना डेढ लाखसहित पक्राउ

आदर्श अनलाइन, पाेखरा
पाेखरामा जुवातास खेलिरहेकाे अवस्थामा डेढ लाख रुपैयाँ नगदसहित ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पोखरा १४ नहरचोकमा अवैध रुपमा जुवातास खेलिरहेकाे अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

नहरचाेकमा जग्गा भाडामा लिई भारतकाे बिहार मोतिहारी त्रुकौलिया थाना घर भएका ईम्ताजया आलमले बनाएको टिन र ब्लकको बनेको एउटा कोठामा जुवा खेलिरहेकाे अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद एक लाख ५६ हजार ३९५ र १ बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि  बढाएकाे जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *