जोमसोम अस्पतालमा चिकित्सक नहुँदा बिरामी अलपत्र

आदर्श अनलाइन, मुस्ताङ
हिमाली जिल्ला मुस्ताङकै एक मात्र जोमसोम अस्पतालमा चिकित्सकीय सेवा प्रभावित बनेको छ ।अस्पतालमा कार्यरत २ जना चिकित्सकको सेवा करार अवधि सकिएर बिदा भईसकेको र अस्पतालका मेडिकल सुपरिटेन्डेनको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा करारमा खटिएसंगै जोमसोम अस्पताल चिकित्सक विहिन बनेको हो ।

जोमसोम अस्पतालमा कार्यरत डा. ऋषव खनाल र डा. साजन बरालको करार अवधि असोज अगावै सकिएकोमा गत हप्तानै उनीहरुअस्पतालबाट बिदा भईसकेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए । उनका अनुसार अस्पतालका मेसु मनोज घिमिरे पनि केन्द्रको ओसिएमसी कार्यक्रमका लागि मन्त्रालयमा गएपछि जोमसोम अस्पताल चिकित्सक विहिन बनेको हो । एकजना नवौं तहको चिकित्सकसहित कुल १८ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको जोमसोम अस्पतालमा २ जना कार्यालय सहयोगीसहित ६ जना स्वास्थ्यकर्मी मात्र कार्य स्थलमा उपस्थित छन् ।जोमसोम अस्पतालमा १ जना नवौं तहको चिकित्सक, १ जना आठौं तहको चिकित्सक ,स्टाप नर्स २ जना ,अहेब ३ जना,अनमी २ जना ,नायब सुब्बा १ जना,ल्याब टेक्निसियन १ जना ,डाक रुम असिस्टेन १ जना र ६ जना कार्यालय सहयोगीको स्थायी दरबन्दी छ ।

तर, अस्पतालका लागि पर्याप्त दरबन्दी कायम रहेपनि सरकारको यथोचित ब्यवस्थापन नहुँदा स्वास्थ्यकर्मीको अभाव खट्किएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतको भनाई छ ।उनका अनुसार अस्पतालका लागि तोकिएको १८ जना दरबन्दी मध्ये हाल स्टाप नर्स १ जना ,नायब सुब्बा १ जना,ल्याब असिस्टेन १ जना र २ जना कार्यालय सहयोगी मात्र छन् । अस्पतालका सूचना अधिकारी बस्नेतले जोमसोम अस्पतालमा चिकित्सकको अभाव भएको जानकारी सरकारलाई पटक÷पटक जानकारी गराएको भएपनि सरकारले त्यसको संम्वोधन गर्न नसकेको जानकारी दिए ।

जोमसोम अस्पतालमा चिकित्सकको अभाव भईरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले राजिव सापकोटालाई करारमा चिकित्सकको रुपमा खटाईएको भएपनि उनी अहिले सम्म कार्यस्थलमा उपस्थित भएका छैनन् ।अस्पतालमा अहिले करारमा खटाईएका १ जना स्टाप नर्स ,१ जना अहेब छन् ।करारमा परिचालन गरिएका सबै स्वास्थ्यकर्मीको करार अवधिअसोजमै सकिएको भएपनि उनीहरुलाई मौखिक आश्वासन दिलाएर थमौती गरिएको अस्पताल श्रोतले जनाएको छ ।उनीहरुको करार अवधि सक्किएकाले ठाँडो हाजिरमा काम गरिरहेको जनाईएको छ ।

यसअघि राष्ट्रिय स्वंय सेवक कार्यक्रमबाट मन्त्रालयले १ अहेब करारमा खटाईएको भएपनि उनले पारिश्रमिक पाउन नसकेपछि दशै बिदामा घर गएको र कार्यक्षेत्रमा नफर्किएको अस्पतालका सूचना अधिकारी बस्नेतको भनाई छ । उनका अनुसार घर फर्किएका चिकित्सकले आफु कार्यक्षेत्रमा नफर्किने जानकारी अस्पताललाई गराएको उनले बताए ।

मुस्ताङको जोमसोम अस्पताल १५ शैयाको छ । अस्पताल चिकित्सक विहिन बनेपछि उपल्लो मुस्ताङ देखि तल्लो मुस्ताङसम्मका बिरामीको उपचारमा समस्या परेको छ । चिकित्सक नहुँदा बिरामीले अस्पतालले दिने सघन उपचार र ईमेरजेन्सी सेवा पाउँन बञ्चित छन् ।

नेपाल सरकारबाट छात्रवृद्धि सुविधा प्राप्त गरी चिकित्सक बनेकाहरुलाई एक वर्ष दुर्गम जिल्लामा खटाउने सरकारले प्रावधान तोकेको छ । कुनै बेला सरकारबाट छात्रवृद्धि पाएर चिकित्सक बनेकाहरु जोमसोम अस्पतालमा अटुट ४ जना देखि ७ जना सम्म हुने गरेकोमा यसपटक करारका डाक्टरको अभाव भएको अस्पतालले जनाएको छ ।जोमसोम अस्पतालमा चिकित्सक अभाव भएसंगै अस्पताल आउने बिरामी जिल्ला बाहिरको अस्पतालमा उपचार गर्न जानुपर्ने बाध्यता परेको छ । बेनी—जोमसोम सडकको दुरअवस्था र पोखरा—जोमसोम हवाई सेवाको भाडा महङ्गो पर्ने भएकाले निम्न आयश्रोत भएका बिरामी आर्थिक समस्यामा पर्ने देखिएको छ ।

जिल्लामा नवौ तहको एमबिबिएस उर्तिण चिकित्सकको दरबन्दी कायम रहेपनि हालसम्म नवौ तहको चिकित्सक अस्पतालमा खटाईएको छैन । नवौं तहको चिकित्सक नहँुदा जोमसोम अस्पतालमा भरपर्दौ स्वास्थ्य सुविधा प्राप्त गर्न कठिनाई भईरहेको स्थानीय बताउँछन् ।यस्तै, जिल्ला अस्पताल जोमसोममा भरपर्दौ प्राविधिक उपकरणको सुविधा नहँुदा अस्पताल आउने बिरामीलाई विभिन्न समस्या पर्ने गरेको छ ।अस्पतालमा साधारण प्रकारको ल्याब र एक्सरे लगायतका उपकरण मात्र हँुदा बिरामीको रोगको पहिचान गर्न र उपचारमा कठिनाई भईरहेको छ । जोमसोम अस्प्तालमा हालसम्म डिजिटर एक्सरे उपकरण नभएको र दक्ष प्राविधिक टेक्नियसन समेत नभएकाले रोग पहिचानमा समस्या उत्पन्न हुने गरेको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालय गण्डकी प्रदेशले जोमसोम अस्पताललाई दुई थान आईसियु र भेन्टिलेटर उपलब्ध गराएपनि दक्ष प्राविधिक नहुदा आईसियु र भेन्टिलेटर स्टोरमै थक्एिकको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *