कौडा खालबाट वडा सदस्यसहित २९ जना पक्राउ

आदर्श अनलाइन, तनहुँ
तनहुँमा जनप्रतिनिधिसहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरमा कौडा खेलिरहेकालाई प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा शुक्लागण्डकी-८ विलबहादुर गुरुङ, घरधनी विलबहादुर गुरुङ, भानुभक्त पराजुली, नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ र मणिरत्न पौडेल रहेका छन् । शुक्लागण्डकी–४ का सुरज रामजाली, निर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित ज्वारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार पनि पक्राउ परेका छन् ।

शुक्लागण्डकी–२ का रुपेश गुरुङ, शुक्लागण्डकी–३ का गोविन्द विक, शुक्लागण्डकी–११ का कृता भट्टराई पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले छापा मार्दा कौडा खेल्दै गरेको अवस्थामा नगद नौ लाख ११ हजार ४ सय ५ रुपैयाँ सहित २९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिनुभयाे । उहाँका अनुसार ३२ वटा कौडा समेत बरामद गरिएको छ । ठुलो धनराशीको जुवा खाल बसेको सुचना पाएपछि प्रहरीले छापा मारेको उहाँले बताउनु भयाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *