बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको शुभकामना आदानप्रदान

आदर्श अनलाइन, बागलुङ
बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवले दिपावली, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा संचालित सहकारीहरुका प्रवन्धकहरुको क्लव बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवले आपसी सद्भाव कायम राख्ने उद्देश्यले दिपावली, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान गरेको क्लवका अध्यक्ष दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संगठनलार्ई जिल्लाव्यापी बनाउँदै कर्मचारीका हक अधिकार र सहकारीको समृद्धिका लागि काम गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बहुउद्धेश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवर, कृषि सहकारी संघका उपाध्यक्ष मणिभद्र शर्मा र राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रबन्धक युवराज त्रिपाठीले चाडपर्वको शुभकामना दिदै क्लवलाई सशक्त ढंगले अगाडि बढाउनका लागि आग्रह गर्नु भएको थियो ।

कार्यक्रम क्लव अध्यक्ष दिपकजंग राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दिपकराज सापकोटाको स्वागत र सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *