समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक : एमाले नेतृ केसी

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसीले मुलुकको रुपान्तणका लागि भौतिक विकाससंगै मानिसहरुको सोचमा परिवर्तन ल्याउन सकेमा मात्रै विकासले तिब्रता र स्थायित्व पाउने बताउनु भएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिले दिपावली, नेपाल सम्बत र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेतृ केसीले बताउनु भएको छ ।

भौतिक विकास अपरिहार्य छ तर त्यो भन्दा बढी चेतनामा परिवर्तन आवश्यक रहेको भन्दै उहाले स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको भावना अनुसारका योजना निर्माण गरेर प्रदेश र संघीय सरकारलाई सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

संघीय सांसद समेत रहेकी केसीले विधि पद्धती भन्दा पनि परमादेशबाट सरकार परिवर्तन गरेर देशमा अन्यौलता सिर्जना गर्न खोजिएको आरोप लगाउदै एमाले नेतृत्वका सरकारले जनताको जनजीवनलाई सुधार गर्ने गरी काम गरेको दावी गर्नु भयो ।

कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले चाडपर्वहरुलाई आपसी सदभाव कायम गर्ने अवसरका रुपमा उपयोग गर्न सुझाव दिदै तडक भडक र समाजमा कलह उत्पन्न गर्ने खालका काम गर्न नहुनेमा जोड दिनुभयो । पार्टीहरुले समाज रुपान्तरणका मुल एजेण्डामा सहकार्य गर्दै असल कामका लागि प्रतिस्पर्धा आवश्यक रहेको उहाको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, प्रदेश कमिटि सदस्य हिराबहादुर केसी, एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जि.सी., एमाले नेता कृष्ण केसी, एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, सचिवालय सदस्य हुमा कुमारी जिसी (अञ्जु), सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका अध्यक्ष अमर बहादुर थापा, नेपाली कांग्रेस काठेखोलाका अध्यक्ष यामदत्त कंडेल, नेकपा माओवादी केन्द्र काठेखोलाका अध्यक्ष कृष्ण थापा, राष्ट्रिय जनमोर्चा काठेखोलाका अध्यक्ष लक्ष्मण पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी काठेखोलाका अध्यक्ष लिलाधर ढुंगाना, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बर बहादुर लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष युक्तप्रसाद कंडेलको स्वागत र सचिव विद्यापति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *