जोखिमका बाबजुद पत्रकारले निर्वाह गरेको भूमिका प्रशंसनीयः मन्त्री कंडेल

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले पत्रकारिता सजिलो पेशा नभएको बताउनुभएको छ ।

बागलुङबाट प्रकाशित हुन मुक्तिक्षेत्र दैनिकको १२औं वार्षिकोत्सव समारोहका अवसरमा बोल्दै मन्त्री कंडेलले पत्रकारिता क्षेत्रमा सम्मान र अवसर भए पनि जोखिमपूर्ण रहेको बताउनुभयो । तर, जोखिम मोलेर भए पनि समाजका खराब पात्र र प्रवृत्ति बिरुद्ध पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनुभयो । राज्यको चौथो अंगको रुपमा परिचित संचार संस्था र पत्रकारहरुको क्षमता विकासमा सरकारले सञ्चारमैत्री नीति कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिल शिरीष, पुर्व अध्यक्ष नारायणदत्त कंडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रञ्जिता शर्मा, आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अञ्जु जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उत्तरगंगा पब्लिकेशनका संचालक जगन्नाथ आचार्यले मुक्तिक्षेत्र दैनिकको प्रकाशन र यसका उतार चढाव र उत्तरदायित्वका बारेमा बोल्नुभएको थियो । कार्यक्रम मुक्तिक्षेत्र दैनिकका सम्पादक धनराज सापकोटाको अध्यक्षता, पत्रिकाका संवाददाता संगम घर्ती मगरको स्वागत मन्तव्य र सह–सम्पादक नरेश कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *