बुटवलको नयाँगाउँमा आगलागी

आदर्श अनलाइन, बुटवल
बुटवलको नयाँगाउँमा आगलागी भएको छ। सोमबार सांझ अलकत्रा बोकेको ट्याक्टरमा लागेको आगो अनियन्त्रीत भएपछि नजिकै रहेको घरमा पनि आगो लागेको स्थानीयले बताएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं १२ स्थीत नयागाउ माध्यमिक बिद्यालय अगाडीको चोकमा सडक कालोपत्रे गर्न अलकत्रा लोड गरि राखिएको ट्याक्टरमा आगो लागेपछि स्थानीय गोपाल पाण्डेको घरमा पनि सल्किएको हो।

स्थानीयका अनुसार पाण्डेको घरमा रहेको ग्यास सिलिण्डरमा आगो सल्किएपछि बिष्फोट भई घरभरी आगो फैलिएको हो। अहिले आगो नियन्त्रणका लागि बुटवल र सैनामैनाबाट बोलाईएका दमकलले आगो निभाउने प्रयास गरिरहेको स्थानियले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *