किराना पसलमा आगलागी हुँदा ४० लाख बराबरको धनमाल जलेर नष्ट

आदर्श अनलाइन, पोखरा 
पाेखराकाे लेखनाथ स्थित एक पसलमा आगलागी हुँदा ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथ शिरोमणी गेट नजिक अम्बिका सुबेदीले संचालन गरेको ‘एस सुबेदी’ किराना पसलमा सोमबार राति आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी कारण थाहा भइसकेको छैन। यद्यपी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *