बागलुङबाट म्याग्दी जाँदै गरेको बोलेरो दुर्घटना, चार घाइते

आदर्श अनलाइन,बागलुङ

बागलुङको तमानखोला गाउँपालिका वडा नं ४ लाम्मेलाबाट म्याग्दीको दरबाङ तर्फ जाँदै गरेको निजी बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

ध १ च १९५ नम्बरको बोलेरो जिप मंगलबार दिउँसो मालिका गाउँपालिका ४ ओखरबोट स्थित ढोरढोरे खोल्सामा ब्रेक फेल भई दुर्घटना हुँदा बोलेरोमा सवार चार जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा तमान खोला गाउँपालिका–४ की ७२ बर्षिया पोपसरा बुढा मगर ,१३ बर्षिय हेलिस बुढा मगर ,२० बर्षिय मिलन बुढा मगर र ४२ बर्षिया टकसरा बुढा मगर रहनुभएको छ ।

घाइते सबैलाई थप उपचारका लागि प्रभु हेलीकप्टरबाट काठमाडौं स्थित शिक्षण अस्पताल लगिएको छ । मालिका ४ का वडा अध्यक्ष दिलिप कुमार शेरचनको पहलमा तत्कालै हेलिकप्टर बोलाइएको थियो ।

बोलेरो जीप सडकमा ब्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोकिन पुगेको थियो । स्थानीयका अनुसार गाडीमा चालक सहित ७ जना सवार थिए। अन्यको अवस्था भने सामान्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *