गलकोट समाजद्वारा सय विद्यार्थीलाई सहयोग

आदर्श अनलाइन, बागलुङ

बागलुङको गलकोट बाट जापान गएर बसेकाहरुको गलकोट समाज जापानले यहा“का एकसय बिद्यालयका विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री दिएका छन् ।

गाउ“ आएको मौका पारेर समाजका पदाधिकारीले गाउ“गाउ“मा पुगेर जेहेन्दार र विपन्न परिवारका बालबालिकालाई सामाग्री दिएका हुन् । बालबालिकाको शिक्षामा पहु“च बढाउन यी सामग्री दिएको बताए ।

साथै उनीहरुले शिक्षा क्षेत्रको विकासका लागि विद्यालय निर्माण समेतमा सहयोग गरेका छन् । ‘यो पटक १ सय विद्यार्थीलाई कम्तिमा ५ हजार बढीको सामान दिएर सहयोग गरेका हौं’ समाजका उपाध्यक्ष गकुल कंडेलले भने, ‘स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्ने योजना छ ।’ उनीहरुले गलकोट नगरपालिका, ताराखोला गाउ“पालिका र अन्य क्षेत्रका विद्यार्थी छनौट गरेर सहयोग गरेका हुन् ।

त्यस्तै धौलागिरि अस्पताल, गलकोट र ताराखोलाको स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर, सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री समेत सहयोग गरेका छन् । कोरोना संक्रमणबाट बच्न उनीहरुले दिएका उपकरणहरु उपयोगी भएको ताराखोला स्वास्थ्य शाखाका प्रमुख उदित थापाले बताए । साथै समाजले एम्बुलेन्स सेवा संचालन देखि पुस्तकालय स्थापनामा पनि सहयोग गरेका छन् । समाजकै अगुवाइमा गलकोट नगरपालिका ५ मा हालै झण्डै १ करोडको लागतमा सहिद थिरबम मल्ल पुस्तकालय समेत बनाएका छन् । जेहेन्दार बिद्यार्थी छात्रवृत्तिकालागि समाजले अक्षयकोष स्थापना गरेको केन्द्रीय सदस्य खगराज गौतमले बताए । ‘समाजले ८० लाख जुटाइसकेको र एक करोड बनाएर संचालनमा ल्याउने योजना छ’ गौतमले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *