जुवा खेलिरहेका छ जना १८ लाख ७५ हजारसहित पक्राउ

 आदर्श अनलाइन, पाेखरा
कास्की प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा आइतबार बिहान छ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका -१२ चापापानीमा  नबिन गौचनको घरमा जुवा तास खेलिरहेका छ जना १८ लाख ७५ हजार ५३० रुपैंया नगदसहित बिहान २ बजे पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ ०३ घर भई  पोखरा १२ चापापानी बस्ने  ३२ वर्षीय  नबिन गौचन, पोखरा -१२ फुलबारी बस्ने  ४४ वर्षीय काजी गुरुङ,  पोखरा – १२ माटेपानी बस्ने  ३८ वर्षीय सुर्य गुरुङ, दैलेख नौमुले -८ घर भई  पोखरा -२६ बिजयपुर बस्ने  ३५ वर्षीय खम्ब सिंह राना, कास्की मोदी – १० घर भइ  पोखरा  १३ संगम टोल बस्ने  ३६ वर्षीय खेमराज गुरुङ र पोखरा ९ घर भई हाल  दिप बस्ने  ३५ वर्षीय श्याम श्रेष्ठ रहेको डिएसपी  हमालले बताउनुभयो।

उनिहरुले कोठा भाडामा लिएर सिसि क्यामरा समेत  जडान गरेर संगठित रूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  डिएसपी  हमालले जनाउनुभयो ।

पक्राउ परेकाहरु माथि जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्