ट्याक्टर दुर्घटनामा एक युवककाे मृत्यु

आदर्श अनलाइन, बागलुङ
ट्याक्टर दुर्घटनामा स्याङ्जामा एक युवककाे मृत्यु भएकाे छ ।

स्याङजाकाे आँधीखोला गाउँपालिका-५ एकराय भित्री सडकमा ग.१ त ६४४० नम्बरको
ट्याक्टर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक तनहुँकाे भानु नगरपालिका-५ बस्ने ३८
वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने ३४ वर्षीय रेशम गुरुङको जिल्ला अस्पताल हुँदै थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *