आदर्श अनलान,बागलुङ
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयले नयाँ कार्यसमितिलाई बिधान अनुसार कामकाजलाई अगाडी बढाउन पत्र पठाएको छ ।
रेडक्रसले वर्तमान कार्यसमितिले वैधानिक दायित्व पालना नगरेको भन्दै जिल्ला कार्यसमिति बागलुङको कार्यसमिति विघटन गरि सभापतिमा डिल्लीराज गौतमलाई मनोनित गरेको थियो ।
केन्द्रीय कार्यसमितिको निर्णयका सन्दर्भमा विभिन्न अर्नगल प्रचार भएको भन्दै सामाजिक सञ्जाल मार्फत भ्रमहरु फैलाइएको कारणले जिल्लामा केन्द्रीय कार्यसमितिको निर्णय भन्दा माथि सचिवालय नहुने भन्दै रेडक्रसका सम्पूर्ण कामहरु तदर्थ समितिले अगाडि बढाउन नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले पत्र पठाउनु भएको छ ।
केन्द्रीय कार्यसमितिको कात्तिक २३ गते सम्पन्न वैठकले नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानको दफा १७ (क) ले व्यवस्था गरेको केन्द्रीय कार्यसमितिमा निहित अधिकार प्रयोग गरी दफा ५३ (४) घ बमोजिम जिल्ला शाखाको वर्तमान कार्यसमिति विघटन गरिएको थियो ।
केन्द्रीय समितिले वर्तमान कार्यसमिति विघटन गरि विधानको दफा ३५ (१) बमोजित जिल्ला तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सभापति डिल्लीराज गौतम (काठेखोला–२), उपसभापतिमा बिना थापा (बडिगाड–१), उपसभापतिमा चुडामणी शर्मा (बानपा–१३), मन्त्रीमा कर्ण हमाल (बानपा–२), कोषाध्यक्षमा कोपिला खरेल सापकोटा बानपा–५, उपमन्त्रीमा जीवन रेग्मी शर्मा (बानपा–५) र उपकोषाध्यक्षमा रमा चालिसे (गलकोट–९) रहनु भएको छ ।
यस्तै कार्यसमितिका सदस्यहरुमा लक्ष्मण पुन (काठेखोला–४), हरि बहादुर पुन (काठेखोला–४), ज्ञान कुमारी छन्त्याल श्रीस (काठेखोला–५), गीता शर्मा (बानपा–१), राम बहादुर जिसी (काठेखोला–७), अनन्त बहादुर खड्का (बानपा–९), डिल बहादुर कार्की (काठेखोला–७) र शिव सापकोटा (बानपा–५) रहनु भएको छ ।