अनेरास्ववियु बागलुङको संगठन बिस्तार काठेखोलाबाट शुरु

आदर्श अनलाइन, बागलुङ

अनेरास्ववियु बागलुङले काठेखोला गाउँपालिका वडा नम्वर ७ रेशको रेश नुन्थलाबाट संगठन बिस्तार अभियान शुरु गरेको छ । अभियान अन्तर्गत रेशमा प्रेरण थापाको अध्यक्षयतामा १ सय १ सदस्य रेश नुनथला प्रारम्भीक समिटी गठन गरेको छ । समितीको सचिवमा दिप्सन थापा रहनु भएको अनेरास्ववियु बागलुङ जिल्लाका अध्यक्ष रोशन कुवँरले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा बागलुङ इन्चार्ज शेखर खड्काले युवा र विद्यार्थी बाटै समाज परिर्वत हुने भएकाले युवा, विद्यार्थीलाई राजनीतिक चेतना अति आवश्यक रहेको बताउनुभयो । युवामा देशको भविश्य संग जोडिएकाले युवाहरु देशको विकासमा लाग्नुपर्ने भन्दै खड्काले युवाहरुले बिपत्तिमा साहारा दिनुपर्ने र बिभेद्मा आवाज उठाउनु पर्ने भएकाले युवा सधै तमतयार रहनुपर्ने बताउनुभयो



कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रेम लामिछाने, राष्ट्रिय युवा संघ रेशका अध्यक्ष बुद्धि कार्की र अनेरास्व्वियु बागलुङ जिल्ला कमिटी सदस्य सुनिल पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियु बागलुङ जिल्ला कमिटीका अध्यक्ष रोशन कुवाँरको अध्यक्षयता र सचिवालय सदस्य रोशन जिसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *