सहज सहकारीको १४ औं वार्षिक साधारणसभा


–आदर्श अनलाइन, बागलुङ
सहज बचत तथा ऋण सहकारी संस्था लि. को १४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन सहकारी संस्थाका संस्थापक अध्यक्ष जगन्नाथ सापकोटाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी लाई सबल ढंङ्गले अगाडी बढाउनका लागि संचालक संचालक, सेयर सदस्य र कर्मचारीको समन्वयात्मक भुमिका रहने बताउनुभयो । सहकारी मार्फत सम्मृद्धि र परिवर्तन आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा सहज बचत तथा ऋण सहकारी संस्था लि. पुर्व अध्यक्ष हरि प्रसाद सापकोटा, आर्थिक सल्लाहकार रामकृष्ण सापकोटा पत्रकार कोपीला कँडेल र सेयर सदस्य ज्ञानु शर्मा श्रीस लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा संस्थाका सविच हर्क बहादुर नाईसाले प्रगति प्रतिबेदन, कोषाध्यक्ष देबी कुमारी शर्माले आर्थिक र अमृता गौतम सुबेदीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले गत आर्थिक बर्षमा ७ करोड ५० लाख बढिको कारोबार गरेको संस्थाका कोषाध्यक्ष देबी कुमारी शर्माले जानकारी दिनुभयो । २०६४ सालमा स्थापना भएको सहकारीमा हाल ७ सय १८ जना सेयर सदस्य रहेको अध्यक्ष पुष्प गिरीले बताउनुभयो ।

साधारण सभाका अवसरमा संस्था लाई बिभिन्न क्षेत्र बाट सहयोग गर्ने ३२ जना लाई सम्मान एबं पुरस्कृत गरिएको थियो ।

कार्यक्रम सहज बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष पुष्प गिरीको अध्यक्षता, उपाध्यक्ष यमदक्त कँडेलको स्वागत मन्तव्य र सविच हर्क बहादुर नाईसाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *