विद्यामन्दिर माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा बावुलाल शाक्य


आदर्श अनलाइन, बागलुङ

विद्यामन्दिर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बावुलाल शाक्य चयन हुनुभएको छ । समितिको सदस्यमा मुकेशचन्द्र राजभण्डारी, रितादेवी शर्मा माया बस्नेत, पारस केसी र पुष्पा शर्मा चयन भएका छन् ।

शनिवार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रुपमा बावुलाल शाक्य,मुकेशचन्द्र राजभण्डारी, माया बस्नेत र रितादेवी शर्मालाई चयन गरेको थियो । आइतवार बसेको समितिको पहिलो बैठकले पारस केसी (इन्द्र) र पुष्पा शर्मालाई मनोनित गरेको छ ।

त्यस्तै वडा प्रतिनिधिबाट वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकाल चयन भएका छन् । समितिमा शिक्षक प्रतिनिधि रहने व्यवस्था रहेकोमा शिक्षक प्रतिनिधिको छनोट प्रक्रियाका विषयमा आवश्यक गृहकार्य भैरहेको प्रधानाध्यापक शान्तामणि ढकालले बताउनुभयो ।

विद्यालयमा सुवासचन्द्र राजभण्डारीको अध्यक्षतामा गठित विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ समिति गठन भएको हो । विं.सं. १९९७ मा राणाशासनको समयमा ओमप्रसाद गौचन, मेघकुमार वैद्यले स्थापना गरेको विद्यामन्दिर साविक नेपालमा खुलेको विद्यालय मध्य इतिहास बोकेको पुरानो विद्यालय हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *