काेराेना संक्रमणबाट पाेखरामा थप २ जनाकाे

आदर्श अनइनल, पोखरा
काेराेनाकाे संक्रमणबाट बिहीबार पाेखराका थप २ जनाकाे मृत्यु भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले दिएकाे जानकारी अनुसार थप १ जना पुरुष र १ जना महिलाकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

कास्कीकाे पाेखरा ३० का ५१ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा  उपचारकाे क्रममा  मृत्यु भएकाे हाे । उहाँलाई कार्तिक २२ गते संक्रमण पुष्टि भएकाे थियाे ।

त्यसैगरी पाेखरा २९ की ८३ वर्षीया महिलाकाे उपचारकाे क्रममा संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ । उहाँलाई मंसिर २ गते संक्रमण पुष्टि भएकाे थियाे । थप २ जनाकाे मृत्यु पश्चात प्रदेशमा संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १ हजार ४१५ पुगेकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *