देशभर चिसो बढ्यो, हिमपात समेत हुने भन्दै सतर्कता अपनाउन आह्वान

आदर्श अनलाइन, काठमाडाैँ
देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरा, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो ।

‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ । महाशाखाका अनुसार पोखरामा न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ रहने आँकलन गरिएको छ ।

त्यस्तै काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ । जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएकाे छ ।

शुक्रबार गण्डकी प्रदेशसँगै प्रदेश १ र  बागमती  उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। हिमपात सँगै  देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले सतर्कता अपनाउन  महाशाखाले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *