एमाले महाधिवेशन : ७ बजेबाट बन्द सत्र शुरु


–आदर्श अनलाइन, चितवन
एमालेको महाधिवेशनको बन्द सत्र साँझ ७ बजेबाट शुरु हुँने भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनुभएको छ । अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आउनुभएको थियो ।

उहाँहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किनुभएको छ । एमाले महाधिवेशनमा सहमतीको प्रयास जारी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *