अदर्श सहकारीद्वारा श्रद्धान्जलीसभा सम्पन्न


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य मति सुवेदीकी धर्मपत्नी टुल्की सुवेदी (दुर्गा) को निधन प्रति दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका–११, रायडाँडा घर भई हाल गैंडाकोट नगरपालिका– १० भैंसेखोरिया निवासी सुवेदीको निधन भएको १२ औं दिनको पुण्यतिथिको अवसरमा घरमै पुगेर सोमबार श्रद्धाञ्जली सभा सहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका पर्यटन प्रवद्र्धन उप–समितिका सदस्य हायश्वर सुवेदी (रवि)ले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय सुवेदीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *