भैरहवाबाट बागलुङ आउँदै गरेको बस दुर्घटना, १ को मृत्यु,८ घाइते

आदर्श अनलाइन,पोखरा

कास्कीको अन्नपुर्ण गाउँ पालिका वडा नम्बर ३ पाउदुर घुम्तीमा भैरहवाबाट बागलुङ आउँदै गरेको बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

घाइते सबैलाई पोखराको फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । पोखराबाट बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस बिहान करिब ७ बजे अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटनामा परेको हो ।

बस पिल्टएर सडक भन्दा करिब ३० मिटर तल पुगेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पाल्पा घर भएका बस चालक भुपनाथ खनालको मृत्यु भएको छ । खनालको बसले च्यापिएको अवस्थामा उद्धार गरी अस्पताल लगिए पनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । बसमा सवार बाग्लुङका २९ बर्षिय शिवराम शर्मा, ४८ बर्षिय कृष्ण खड्का, २५ बर्षिय राजु श्रेष्ठ, ८५ बर्षिय उमलाल श्रेष्ठ, ४२ बर्षिय सुवर्ण सापकोटा, पर्वताका ३५ बर्षिय सुर्य तिवारी, चितवनका २३ बर्षिय साधना उपाध्याय र कास्की अन्नपूर्ण ३ कि माया विक घाइते भएका छन् । विक घरमै रहेको बसेका बेला बस माथीबाट खसेर अठ्याएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *