अखिल नेपाल खेलकुद महासंघको जिल्ला संयोजन आयोजना कमिटी गठन

आदर्श अनलाइन, बागलुङ
अखिल नेपाल खेलकुद महासंघ बागलुङको जिल्ला संयोजन आयोजक कमिटीको संयोजकमा अरविन थापा मगर चयन हुनुभएको छ । बुधबार बागलुङमा सम्पन्न अखिल नेपाल खेलकुद महासंघ जिल्लाको पहिलो भेलाले मगर सहित ५३ सदस्य चयन गरेको हो ।

समितिको सदस्यमा कविन्द्र बोहोरा, समिर छन्त्याल, अनिष जिसी, नरेश सप्लाङ्गी, सचिन सुनुवार, लक्ष्मण भुजेल, रमेश परियार, प्रमल थापा, हिमाली रोका, तुलबहादुर रोका, राजु विसी, दिवस थापा, नगेन्द्र थापा, नवीन थापा काला, सौरव खड्का, अशोक थापा, भीम रसाइली, जीवन साहानी, राजु विक, रेशम पुन, खुश्वु घर्ती र रमिला घर्ती रहनुभएको छ ।

यस्तै जमुना घर्ती, एसिया सिँजाली, चन्दिका रोका, भूमिराज थापा, मौसम घर्ती, सूर्यबहादुर थापा, आशिष मगर, विशाल कार्की, दिलीप थापा, लप्शन मगर, विनोद काउचा, सुरेन्द्र केसी, हिमाल केसी, अस्मिता थापा, अजय बोहोरा, नवीना काला, जीवन सुनार, जगबहादुर थापा, संगम श्रीस, अग्रेज क्षत्री, प्रदीप थापा, बसन्त थापा, मिलन थापा, हिरा थापा, राजेश सुनार, दीपेन्द्र खत्री, विष्णु खड्का विकास कँडेल, रवीन खड्का र विशाल थापा सदस्यमा चयन भएको संयोजक थापाले बताउनुभयो ।
आयोजक समितिले जिल्लाका १० ओटै पालिकामा अधिवेशन गरी जिल्ला अधिवेशन गर्ने थापाले बताउनु भयो । जिल्ला भेलामा बोल्दै अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव जीवन खातीले खेलाडी खेल्ने र कुदने मात्र नभएर देश र राष्ट्रलाई चिनाउने हुनुपर्ने बताउनु भयो । उहाँले खेलाडीलाई लक्षित गरेर खेलकुद निती र राज्यको पोलिसी प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।

देशमा राजनितीक दलहरुमा राजनितीक चेतना हराएको भन्दै उहाँले नेता र कार्यकर्ताले आफ्नो पार्टी कुन दिशातर्फ जादैछ भन्ने बुझन्न नसकेको बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश सदस्य राजीव घिमिरे र अनेरास्ववियु क्रान्तीकारी बागलुङका कार्यबहाक अध्यक्ष प्रविन सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल खेल्कुद महासंघ बागलुङका इन्चार्ज अरविन थापा मगरको अध्यक्षता, केन्द्रय सदस्य चिनीमाया काला मगरको स्वागत मन्तव्य र केन्द्रीय सदस्य राजु खड्काको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *