आज देशभर बदली रहने, यी प्रदेशमा वर्षा र हिमपात हुने

आदर्श अनलाइन, काठमाडौँ
आज बिहीबार बिहान गण्डकी प्रदेशसँगै  सुदूरपश्चिम, कर्णाली र  लुम्बिनीमा बदली रहेको छ ।दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो गण्डकीसँगै  सुदूरपश्चिम, कर्णाली,  लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको रहेको महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार गण्डकी, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *