बागलुङमा पनि मनाइयो ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

आदर्श अनलाइन, बागलुङ
३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा बागलुङको धौलागिरी बहिरा अवासीय माध्यमिक विद्यालय, जनता माध्यामिक विद्यालय र बागलुङ विशेष कक्षाका विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराईएको थियो ।

अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको बागलुङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले पालिकामा अपाङ्गता भएको १ सय ५३ जनालाई परिचय पत्र वितरण गरेको जानकारी गराउँदै उनीहरुलाई सरकारले दिने सुविधा पालिकाबाटै वितरण गर्दै आईरहेको बताउनुभयो ।

अपाङ्गता भएका नागरिकलाई सरकारले मात्र नभएर समाजले पनि सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अपाङ्गता भएकै कारण समाजले गर्ने व्यवहार परिर्वतन गर्नुपर्ने भन्दै सरकारले पनि विशेष सुविधा दिनुपर्ने बताउनु भयो ।
उहाँले अहिले समग्र जिल्लामै अपाङ्गता भएकाहरुलाई परिचयपत्र वितरण गर्ने कुरामा जोड दिने बताउनु भयो । कार्यक्रममा अपाङ्गता सरोकारवाला संघका जिल्ला सचिव टिकराम सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा धौलागिरी बहिरा आवसीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर, बहिरा संघ बागलुङका अध्यक्ष नल बहादुर थापा, नेत्र ज्योति संघ बागलुङका अध्यक्ष कुमार पुनले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अपाङ्गता सरोकारवाला संघ बागलुङका अध्यक्ष चिजा थापा मगरको अध्यक्षयता, बागलुङ नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख सरस्वती रेग्मीको स्वागत र सामाजिक विकास कार्यलय बागलुङका प्रमुख डम्बर बहादुर शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *