रेशमा विज्ञान विषयका शिक्षकका लागि १ दिने अभिमुखिकरण तालिम

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाको रेश नुन्थला माविमा विज्ञान विषयका शिक्षकहरुको १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

अभिमुखीकरण तालिममा बोल्दै काठेखोला गाउँपालिकका अध्यक्ष अम्मर बहादुर थापाले शिक्षकहरुले शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि यस्ता तालिमले मत्वपूर्ण टेवा पुग्ने भन्दै शिक्षकले नयाँ प्रविधि तथा शिक्षण विधिसंग जाेडिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले तालिमबाट सिकेका कुराहरुलाई विद्यार्थीसम्म पु¥याँउदा तालिमले सार्थकता पाउने बताउनुभयो । काठेखोलाको शिक्षा क्षेत्रको विकासको लागि पालिकाले सधै उच्च प्राथामिकतामा राख्ने थापाले बताउनु भयो ।

No description available.

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछाने, काठेखोला गाउँपालिकाका शिक्षा समितिका सदस्य तथा लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानध्यापक गोविन्द भण्डारी, नमुना विद्यालय अम्मर माध्यामिक विद्यालयका प्रध्यानध्यापक भिष्म कंडेल, जनप्रेम माध्यामिक विद्यालय भुस्कातका प्रध्यानध्यापक नइनद्र गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिममा काठेखोला गाउँपालिकाका ३८ विद्यालयका ५८ जना शिक्षकहरु तालिममा सहभागी भएको काठेखोला गाउँपालिकाका वडा ७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा रिलायन्स पब्लिकेसन हाउस प्रालिका एमडी विके झाले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो । सो तालिमबाट चन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्ययी विज्ञान शिक्षक समाज काठेखोला गठन गरिएको झाले जानकारी दिनुभयो ।

No description available.

कार्यक्रममा रेश नुन्थला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षयता, सिजन स्टेश्नरी बागलुङका जीवन शर्माको स्वागत, रेश नुन्थला माध्यामिक विद्यालयका प्रध्यानध्यापक ओम बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

साे अवसरमा रेश नुन्थला माविका प्रअ ओम बहादुर थापा, लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानध्यापक गोविन्द भण्डारी, नमुना विद्यालय अम्मर माध्यामिक विद्यालयका प्रध्यानध्यापक भिष्म कंडेल, जनप्रेम माध्यामिक विद्यालय भुस्कातका प्रध्यानध्यापक नइनद्र गुरुङले वि.व्य.स, पिटिए र विद्यार्थीका बीच आ–आफ्ना विद्यालयले गरेका राम्रा काम र आफूहरुले गरेको कामको अनुभव आदानप्रदान समे गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *