ढोरपाटनको पर्यटन प्रवद्र्धन सम्बन्धी फोनिज गण्डकीको अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ

पश्चिम बागलुङको बुर्तिबाङमा बृहत्तर ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धनमा संचारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) गण्डकी प्रदेशको आयोजना र ढोरपाटन नगरपालिकाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

र्काक्रमलाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीले स्थानीय स्तरमै पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुन नसके यसले बाहिरी पर्यटक आकर्षण गर्न नसक्ने बताउनुभयो । ढोरपाटन क्षेत्र आफैमा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र भएता पनि स्थानीय सरकारको एकल प्रयासले सोँचे जति विकास हुन नसकेको भन्दै पत्रकारले यहाँका विषयवस्तुलाई गम्भीरताका साथ गहन रुपले उठाउनु पर्ने बताउनुभयो ।

नेपालकै एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन उपत्यका क्षेत्रको पर्यटन पर्वद्धनका लागि नगरले बनाएका योजनामा सरकारको साथ पाउन नसकेको उहाँको गुनासो थियो ।

‘ढोरपान पुग्ने सडकको अवस्था दयनिय छ, नगरपालिकाको बजेटले ठुला योजनाको काम गर्न सकिदैँन, प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्दा पनि सुनुवाई भएन’ मेयर नेपालीले भन्नुभयो ‘हामीले ढोरपाटन क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गर्ने र यस क्षेत्रका जनताको आर्थिक स्तरमा सुधार ल्याउने गरी योजना बनाएका थियौँ, बजेटको अभाव, सिकार आरक्षको नियम÷कानुन जस्ता विषयले गर्दा ति योजना सफल हुन सकेनन् ।’

ढोरपाटन क्षेत्र नेपाल कै एक मात्र सिकार आरक्ष भएकाले यहाँ विदेशी मात्र नभई स्वदेशी नागरिकले पनि शुल्क समायोजन गरि सिकार गर्ने बातावरण तयार गर्न सके थप प्रभावकारी हुने उहाँको भनाई थियो ।

कार्यक्रममा नगर उपप्रमुख करमति पुन, वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, प्रमुख प्रसासकिय अधिकृत डिल्लीराम भट्राई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य राम सुवेदी, पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना, फोनिज बागलुङका अध्यक्ष संगम घर्ती मगर लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रम नेपाल जनजाति पत्रकार महासंघ (फोनिज ) गण्डकीका अध्यक्ष एमबी आस्थाको अध्यक्षता, उपाध्यक्ष दिल शिरीषको स्वागत तथा महासचिव रुद्र श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *