सङ्कल्प सहकारीको ९ औँ साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
सङकल्प बचत तथा ऋण सहकारी संस्थाको ९ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार केवी राना मगरले संस्थाको उन्नतीका लागि शेयर सदस्यको आर्थिक उन्नती हुनु पर्ने बताउनुभएको छ । सहकारीले सदस्यलाई आर्थीक रुपमा सवल बनाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न रानाले आग्रह गर्नुभयो ।

सहकारीले सबै वर्गका मानिसहरुलाई एकै साथ लिएर आर्थिक मात्र नभएर शेयर सदस्यहरुलाई व्यवसायीक बनाउने तर्फ लाग्नुपर्नेमा रानाले जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सचिव रिम बहादुर पुनले आर्थिक वर्ष २०७७÷७८ को प्रगती तथा ७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष शर्मिला रोकाले ०७७÷०७८ को आर्थिक प्रतिवेदन र लेखा संंयोजक भोजेन्द्र थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Open photo

संस्थामा अहिले ७ सय २१ जना शेयर सदस्य, २ करोड ७१ लाख ४४ हजार ४ सय शेयर पूँजी, र १५ करोड ८३ लाख ८४ हजार ३ सय ८२ निक्षेप रहेको संस्थाका कोषाध्यक्ष शर्मिला रोकाले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य जामुनी थापा मगर, याम बहादुर थापा, कृष्ण बहादुर थापा, विष्णु माया शाक्यलाई सम्मान गरिएको थियो । तेसैगरी एस.इ.इ मा उत्कृष्ट शेयर सदस्यका छोराछोर्री लक्षुमन थापा मगर र अस्मिता थापा मगर, डिगी्रहोल्डर सन्देश दलामी मगर र मन बहादुर थापा ( मनिस ), उत्कृष्ट बालबचत, उत्कृष्ट कर्जा, उत्कृष्ट कारोबार र उत्कृष्ट शेयर वृद्धि गर्ने शेयर सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा तथ्याङक विभाग प्रमुख मुकुनद आचार्य, शेयर सदस्यको तर्फबाट लाल बहादुर थापा ( ऋतम्बरा ), स्वस्थ्यकर्मी कृष्ण कुमार सैजुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभा संस्थाका अध्यक्ष रेशम बहादुर आलेको अध्यक्षता उपाध्यक्ष जीवन काउचाको स्वागत, सचिव रिम बहादुर पुन र सह–सचिव किशोर थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *