नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँपालिकाको अध्यक्षमा कार्की

आदर्श अनलाइन, बागलुङ
नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की चयन हुनुभएको छ । शनिबार गाउँपालिका स्तरीय दोस्रो अधिवेशनबाट कार्की सहित २२ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

समितिको महिला उपाध्यक्षमा गिरमती थापा कार्की, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा विक्रम पौडेल, सह सचिवमा संगीता खड्का, कोषाध्यक्षमा गिर बहादुर पुन र सह कोषाध्यषमा यमुना थापा चयन हुनुभएको छ ।

No description available.

यस्तै समितिको सदस्यहरुमा रतन थापा, गणशे थापा, गोपाल श्रीस, रुपा आले, गोविन्द कँडेल, जीवन खत्री, युवराज गौतम र विक्रम थापा, शारदा थापा, प्रितिकला थापा, टिका थापा चयन हुनुभएको छ । अन्य चार सदस्य पहिलो बैठकबाट निर्णय गरेर चयन गरिने शिक्षक संगठनले जनाएको छ । नव निर्वाचित कार्यसमितिहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष टिकाराम सापकोटाले बधाई दिनुभएको थियो ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले शिक्षकहरुले आफ्नो संगठनमा गोलबद्ध भएर शिक्षाको सुदृढिकरणमा लाग्नु पर्ने बतानुभयो ।

No description available.

कार्यक्रममा शिक्षा तथा तथा सामाजिक विकास मञ्च काठेखोला गाउँपालिकाका प्रमुख विद्यापती शर्मा, केन्द्रीय प्रतिनिधि ओम बहादुर थापा, जिल्ला अध्यक्ष गोविन्द भण्डारी, नेकपा एमाले काठेखोला गाउँपाकमिटिका अध्यक्ष डिल बहादुर कार्की, गण्डकी प्रदेश उपाध्यक्ष गंगा शर्मा, जिल्ला समिति सल्लाहकार डिल्लिराज गौतम, केन्द्रिय समिति पूर्व सदस्य टिकाराम सापकोटा र बालकृष्ण कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा सेवा निवित्त शिक्षक अनन्त बहादुर खड्का, टिकाराम सापकोटा, भिम बहादुर खड्का, ओम प्रसाद थापा, कृष्ण बहादुर खड्का र चन्द्रिश्वर कंडेल लगायतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँपालिकाका चन्दामणी उपाध्यायको अध्यक्षता, सचिव डिल बहादुर कार्कीको सञ्चालन तथा मुक्तिराम कंडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *