गलकोटमा आदर्श सञ्चार सहकारीको उपसमिति गठन

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीको १५ औं वार्षिक साधारण सभा अन्तर्गत दोस्रो एकाई सभा आइतबार गलकोटमा सम्पन्न भएको छ । साधारण सभाका अवसरमा संस्थाको अवस्था, आगामी कार्यक्रम, रणनीतिक योजना लगायतका विषयमा संस्थाका संम्पादक राम बहादुर जिसीले जानकारी गराउनु भएको थियो ।

No description available.

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बागलुङका पूर्व अध्यक्ष दिनेश पन्तले सहकारी मार्फत सञ्चार क्षेत्रमा आदर्श सञ्चार सहकारीले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बागलुङ लगायतका छिमेकी जिल्लाको सहकारी अभियानलाई आदर्श सञ्चारले समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा थप योगदान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

No description available.

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सरिता खत्रीले सञ्चार क्षेत्रको प्रर्बद्धनका लागि आदर्श सञ्चार सहकारीको योगदानको चर्चा गर्दै संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । साधारणसभा संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको अध्यक्षता, सचिव ललिता थापाको स्वागतमा सम्पन्न भएको थियो ।

No description available.

साधारणसभाका अवसरमा ७ सदस्यीय गलकोट नगरपालिका स्तरीय समन्वय उपसमित सेमत गठन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाको सेवा सुविधाका बारेमा जानकारी गराउनुका साथै सदस्यता वृद्धिसहित अन्य अभियान सञ्चालन गर्न उपसमिति गठन गरिएको सहकारीले जनाएको छ ।

No description available.

समितिको संयोजकमा दिनेश पन्त तथा सदस्यहरुमा कमल गन्धर्व, नर बहादुर भण्डारी, मनिषा नेपाली, सावित्रा परियार, जमूना भण्डारी गन्धर्व र सम्मर बहादुर खत्री रहनुभएको छ । सहकारी संस्थाको १५ औं साधारणसभा तेस्रो एकाई अन्तर्गत सोमबार बरेङमा हुँदैछ ।

No description available.

संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, २९ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४३ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिनुभयो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *