देशभरका थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, ४३६ संक्रमणमुक्त

आदर्श अनलाइन, काठमाडौँ
पछिल्लो २४ घन्टामा देशभरका २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा ७९९५ पिसिआर र २७५२ एन्टिजेन गरी कूल १० हजार ७४७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ४३६ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा एक जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ५०७ रहेको मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *