ताराखोलामा पनि मनाइयो १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

पूर्णभद्र निउरे, ताराखोला
जिल्लाको ताराखोला गाउँपालिकामा पनि १८ औं महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस मनाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा र रेडक्रस सोसाइटी बागलुङको आयोजनामा ताराखोला दिवस मनाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले समुदायको स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै स्थानीय सरकारले पनि महिला उनीहरुको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रीत गरेको बताउनुभयो ।
अध्यक्ष घर्तीले गाउँ घरमा हुने स्वास्थ्य संग सम्बन्धित हरेक लागि गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई सबैले कदर गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा २६ वर्षदेखि निरन्तर महिला स्वास्थ स्वयंसेविकाको रुपमा काम गरेकी सुनमति सापकोटा, १५ वर्ष सेवा गरेकी लालमाया घर्ती र वडा नम्बर ४ र ५ बाट उत्कृष्ट स्वयंसेविकाका रुपमा देविमाया रोकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ताराखोला अस्पतालका डक्टर मोहन बहादुर बुढा, स्वास्थ्य शाखा प्रमुख उदित थापा, कार्यपालिका सदस्य मन कुमारी रोका लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष राम बहादुर रोकाको अध्यक्षता, अहेव निर्मला घर्तीको स्वागत र ताराखोला स्वास्थ्य चौकी प्रमुख दल बहादुर पुलिसाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *