आदर्श अनलाइन, बागलुङ
नेपाल घरेलु तथा साना उद्योग बरेङको अध्यक्षमा काशीराम विक चयन हुनुभएको छ । बरेङमा शनिबार महासंघको प्रथम भेलाले विक सहित १३ सदस्यको समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मोती शर्मा, सचिव कमल शेरचन, कोषाध्यक्ष लोक बहादुर क्षत्री, सदस्यमा नर बहादुर पुन, माया सुनार, शन्त बहादुर श्रीष, सूर्य पुन, रणबहादुर क्षत्री, टेक बहादुर श्रीष, टिकाराम पौडेल र दुर्गा पौडेल रहनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग जिल्ला अध्यक्ष राज थापाले घरेलु र साना उद्योगको बागलुङ जिल्लाभर समिति गठन गरी काम अगाडी बढाउने बताउनु भयो । उहाँले साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले प्राथामिकतामा राख्नु पर्ने भन्दै आगामी दिनमा सबै निकायलाई झकझाउने बताउनुभयो । थापाले स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा स्थानीय सरकारले चासो दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महिला उद्यमी संघ गण्डकी प्रदेशका उपाध्यक्ष चिनीमाया काला मगरले घरेलु तथा साना उद्योगमा माहिलालाई आवद्ध गराई उद्यमी बनाउनु पर्ने बताउनु भयो । मगरले महिलाई उद्यमसंग जोडेर आर्थिक रुपमा सबल बनाउनु पर्ने जोड दिनुभयो ।
स्थानीय सुनिल शेरचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल घरेलु तथा साना उद्योग बागलुङका महासचिव गोविन्द कार्कीले गर्नुभएको थियो ।