बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

आदर्श अनलाइन, पोखरा
देशका केही स्थानमा आज (मंगलबार) को मौसम बदली रही थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल पहाडी भू-भागमा आंशिक बदली रही देशका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ।मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *