सहकारीमा डिजिटलाइजेसन राष्ट्रिय सम्मेलन शुरु

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारीमा डिजिटलाइजेसन राष्ट्रिय सम्मेलन मंगलबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै महासंघका अध्यक्ष मिनराज कडेलले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई व्यवहारमा उतार्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताउँनुभयो । उहाँले ६० भन्दा बढी सहकारी एटीएम सेवा समेत उपलब्ध गराएको र अन्य सहकारीहरुले समेत संस्थालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले डिजिटल साक्षरतामा सहकारीको योगदान हुने चर्चा गर्नुभयो । महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउनका लागि डिजिटलाइजेसन आजको माग भएको बताउनुभयो । उहाँले कार्यक्रमको विषयमा जानकारी गराउँदै मौजुदा प्रक्रियालाई डिजिटलाइज गर्न महत्वपूर्ण रहेकाले कार्यक्रमको महत्व रहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा सूचना प्रविधिका लागि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष तथा आइसीटी तथा इन्फरमेसन इकोनोमिका विज्ञ डा। मनोहर भट्टराईले महासंघले डिजिटल रुपान्तरण युनिट खडा गरेर सहकारीलाई मार्गदर्शन गर्न सक्ने अवधारणा प्रस्तुत गर्नुभयो । नेपालमा डिजिटल रुपान्तरण, आवश्यकता र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो,‘नीतिगत स्पष्ट नहुँदा जुन लेवलमा हामी अगाडि बढ्नुपर्ने हो त्यो हुन सकेन ।’

कार्यक्रममा सहकारीमा डिजिटल रुपान्तरणको विषयमा कार्यपत्र प्रस्तुत गर्दै भिजनरी इन्टरनेशनलका सिइओ तथा चेतना मास्टर कोच इन्द गुरुङले टेक्नोलोजी भित्राउनु अघि संस्थाको संस्कृति परिवर्तन गर्नु पर्ने बताउनुभयो । उहाँले आजको जवानामा डेटा नै सबैभन्दा शक्तिशताली भएको बताउँदै महत्वपूर्ण कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले डिजिटल रुपान्तरणमा डेरी सहकारीको एक सफल अध्ययनसमेत प्रस्तुत गर्नुभएको थियो ।

बुधबार सहकारीमा प्रविधिको प्रयोग, वर्तमान अभ्यासहरुका विषयमा विभिन्न सेवाप्रदायक संस्थाहरुले प्रस्तुती गर्ने छन् । त्यसैगरी राष्ट्रिय सहकारी बैंकका सिइओ सिए बद्री गुरागाईले डिजिटल प्रविधि ः सहकारीमा कसरी सम्भव छरु भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ । सहकारीमा इ कमर्शः उत्पादनहरु जोड्ने र प्रतिस्पर्धालाई रुपान्तरण गर्ने विषयमा चीनको एसीएफएसएमसीका अन्तर्राष्ट्रिय समन्वय विभागका निर्देशक झाङ वाङ्शुले प्रस्तुती दिनुहुने छ ।

नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका निर्देशक डा रामशरण खरेलले डिजिटल सहभागीले सहकारीमा शासनमा बृद्धि भन्ने विषयमा कायपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *