आदर्श अनलाइन, पोखरा
मुलुकमा हुने लैंङ्गिक हिंसाका घटनाको अन्त्य गरि सभ्य समाज निर्माणका लागि सबै एकतावद्ध भएर लाग्नुको विकल्प नरहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिइएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरद्धारा संयुक्त रुपमा पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटमा आयोजित लैंगिक हिंसा बिरुद्धको १६ दिने राष्ट्रिय अभियान कार्यक्रमका बक्ताले हिंसा अन्त्यका गर्न सामुहिक खाँचो औल्याएको हुन ।
गण्डकी प्रदेश सभा सदस्य भित्रकुमारी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक वन उपभोक्ता महासंघले महिला र पुरुष बीच समानताका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। प्रत्येक व्यक्तिका मनबाट हिंसा गर्दिन भन्ने भाग जागृत हुने पर्ने आवश्यकता औल्याउँदै उहाँले अभियानले लैंगिक हिंसा न्युनीकरणको लागि आवश्यक नीति नियमहरुको तर्जुमा गर्न वा बिद्यमान नीति नियमहरुको पुनरावलोकन गर्न समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोला र सरिता कुमालले मुलुकबाट सवै खाले हिंसाको बाधक बनेको गरिबी र पछौटेपनको अन्त्य हुनु पर्नेमा जोड दिए। पोखरा महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष ओमप्रसाद सुवेदीले आर्थिक, धार्मिक, संस्कृतिक, लगायतका कारण समाजमा बढी महिला हिंसा हुने गरेको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अक्ष्यक्ष कालिदास सुवेदीले सामुदायिक वनको संरक्षण, सम्वद्र्धनमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए। स्थानीय महासंघका अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य सन्तु सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सचिव पार्वती सुवेदी लगायतले १६ दिने अभियानका बारेमा चर्चा गरेका थिए ।
“घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने यस बर्षको नाराका साथ आयोजित कार्यक्रममा सो क्षेत्रका एक दर्शन भन्दा बढी वन समुहका उपभोक्ताको सहभागिता रहेको थियो ।